(तेस्राे अंश )
मेरा इ हात उसका ती कोमल हातले समात्दै गर्दा समुन्द्रमा छाल उठ्न तम्तयार भएसरी उसका नयन पनि आशुले टिलपिल हुन आटिसकेका थिए ।कति भावुक बनेकी उ , खोइ किन बनी , के का लागि बनी , उ जो एक अन्जान छे मेरा लागि जस्को बारे मलाइ केहि थाहा छैन न त उस्लाइ नै छ , जिन्दगिमा पैलो पल्ट देखभेट भाको उसङ्ग अनि कसरी यति छिटो पैलो भेटमै यस्ता कुरा यति भावुक हुँदै भन्न सक्छे । के भन्न खोज्या हो खासमा , किन यसरी पैलो भेटमै उसले यस्तो भनी अह केइ पनि चाल पाउन सकिन मैले । निरन्तर भावले भरिएका शब्द उसको मुखबाट निस्किराका थिए जुन मलाई अचम्मित मुद्रामा डोहोराउन सफल हुन खोज्थे तर म यति चाइ भन्न सक्छु कि यो सब भनिरहदा म भन्दा अन्त कतै एकडक नजर डगाउन उ कदापी सफल भइन । भावले वजनदार बनेका उस्का शब्द म सोझोले अह कत्ती पनि उचाल्न , डगाउन सकिन । भनुम मेरा लागि अडिग थिए ती सब्दहरु ।नौला अनौठा ती सब्दहरुले मेरो मुहारको हाउभाउ नै बदल्दिएको थियो । म प्रेमलाइ प्रेम के हो थाहा थिएन , केही बुझ्या थिएन यस बारे , प्रेमकै नाममा मान्छेहरु देह त्याग गरि यो सुन्दर सन्सार बिर्सिएर गैराका हुन्छन , खै किन ? कैलै बुझिन । प्रेम वास्तवमा के हो म प्रेमलाइ कसैले परिचय दिन सकेन न त कसैले महशुस नै गराउन सक्यो । मलाइ पनि उ पहिलो पल्ट देख्दा मन पर्या थियो तर उस्ले जस्तो सबै कुरा यति सजिलै उसको सामु खुलेर राख्न सकिन । सायद यहि बानिले मलाइ सोझो बनायो । मन परेको कुरा होउस चाहे मन नपरेको कुरा सबै यहि सानो मनमा खादेर राख्ने गर्दथे । म यस्तै छु बाल्यकाल देखि नै एक्लोपनमा रमाउने , खासै बोल्न नसक्ने , केही कुरालाइ यहि मनमा तर्क बितर्क गरि त्यसको निस्कर्षमा रमाउने । वरिपरिको सबै यात्रीहरुले मै तर्फ फरक ढङ्गले हेरिरहदा लाजले भुतुक्क भैसकेको म उस्का ती कोमल हातको स्पर्शबाट आफ्नो हात छुट्याउन के खोज्या थे झन कसेर समाती । जसो तसो आफ्नो हात मुक्त गराउन सफल भए अनि अलिकती ढल्किएर उसको विपरित दिशामा फर्किए । हातको मुलायम रुमालले आफ्नो मुहार थपथपाउदै बाहिर पट्टि हेरिरही । बोल्ने मन नभाको होइन मलाइ , खुलेर बोल्न चाहन्थे , मन्को कुरा राख्न चाहन्थे , उसङ्गै जिस्किन , मस्किन चाहन्थे तर अह सकिन मैले । दुबै मौन थियौ , उसले नबोलाएसम्म म सोझो नबोल्ने अड लिए । कपाल मिलाउदै फेरि मै तिर फर्किदै भनि, `अ सुन्नु न ´ । `हजुर भन्नुस न ´ ,मैले भने । उसको यो प्रस्नले उत्साह अनि आश्चर्य एकै पल्ट निम्तायो म मा , `साच्ची हजुरको नाम के नि ?´......................
कथा लेखाइ प्रति केहि सुझाब अनि प्रतिकृया दिन नभुल्नु हाेला ।
NOTE: याे एक काल्पनिक कथा हाे । कसैकाे जीबनसंग मेल खान गएमा संयाेग मात्र हुनेछ ।
(अर्काे अंश यहाहरू सामु छिट्टै प्रकाशित हुनेछ ।)
धनयबाद ।
No comments:
Post a Comment