(अन्तिम अशं)
यतिबेला यसरी मेरो नाम सोधिरहदा छक्क परिरहेको म अनौठो अनि फरक आभासमा झुल्दै उसै तर्फ हेरिराथे ।अनि बिस्तारै बोले `मेरो नाम , ए मेरो नाम त प्रेम नि अनि हजुरको ´ `मान्छे नि राम्रो , नाम नि उतिकै राम्रो रैछ ´ भनी जिस्किदै आफ्नो नाम बताइ , सगुन रे उस्को नाम । मैले होर भन्न नपाउदै कहाबाट , के गर्नुहुन्छ , बानी के के छन यस्ता थुप्रै प्रश्नहरु मेरो सामु तर्साइ जस्ले मेरो बारे सबै जान्ने उसको चाहा मेटाइदिन सक्थ्यो । उस्ले सोधेका हरेक प्रस्नको जबाफ दिदै गए म । लाग्दैथ्यो कि म कुनै अन्तर्वार्ता दिदै छु , उस्को दिलमा राज गर्नुको निमित्त जसमा म कैयौको हुल बाट छनोट भाको थिए र मलाई नगुमाउनका निम्ति नै उ आफै त्यो अन्तर्वार्तामा समावेश भाकी हुन सक्छे ।बोलिरहदा फेरि हात समाउन खोज्थी तर म भने उसको त्यो हलचल देख्नासाथ तर्किन सफल हुन्थे । तै पनि उ झन झन नजिक आउन खोज्थी , उ मुसुमुसु हासिराकी हुन्थी तर मेरो मुख भने लाजले रातो भैसक्या हुन्थ्यो , पुरै हाउभाउ नै फरक अचानक मेरो त ।सुमधुर बोलिबाट आतंकित उसका मिठा शब्दहरु मलाइ सजिलै हानि गर्न खोजीराका थिए , म भित्रभित्रै प्रभावित त भए होला तर बाहिर तेस्तो केहि भाव देखाइन । उसको मनका कुरा भने मुहारमा देखिराहुन्थ्यो , मनमा केही नराखी सबै बोल्दिनी बानी उस्को , सुन्नेले कस्तो सोच्थ्यो फरक पर्थेन उस्लाइ , कति रमाइलो मानी मानी बोलेकी थि , कति हस्मुख पाराले हात चलाउदै हाउभाउ देइराकी थि , वास्तवमा उसैको खुसीमा म पनि खुशी भए जस्तो लागिराथ्यो । तर सत्यता के हो त्यो चाहिँ पहलाउन सकिन । `तिमिले फेसबुक चलाउछौ होला नि ? ´ उसैको एउटा प्रश्न मध्य एक । `उम चलाउछु ´ ` के छ नि फेसबुकमा नाम तिम्रो ?´ भनुम कि नभनुम भाथ्यो भन्दिए `प्रेम क्षेत्रि इङलिसमा छ ´ तिम्रो के छ भनी सोधिन मैले किनकी म सोझो परे नि त । अर्कै दुनियामा पुगिसकेको म आफु ओर्लने ठाउँ आको पनि पत्तो पाइन , ध्यान तेतिबेला खुल्यो जब ड्राइभर दाइ `रामपुर झर्ने आउनुहोस है भन्दै चिच्चाइराको थियो ´ । हतारहतारमा म पनि छु है दाइ भन्दै ओर्लन लागेको मैले त्यो अर्को दुनिया एकै पल्टमा छाडेछु , उस्लाइ बाइ पनि भनिनछु । ओर्लेर भुइमा पुगि उ तर्फ हेरेको त , कति मायालाग्दो अनुहार बनाकी थि ,मिल्यो भने यो दुई हातले बाधिएको न्यानो अङ्गालोमा बेरुम बेरुम खाल्को । आफ्नो खल्तिमा हात लगि पैसा निकाल्न आट्या थिए `भयो म दिन्छु तिमी राम्ररी जाउ है ´ उसैले भनि । हैन म नै दिन्छु भो के भन्या थिए हास्दै मेरो पनि देउ न पो भनी । म सोझो चुपचाप उस्को गाडी भारा तिरिदिए , केही जबाफ फर्काउन सकिन । बाटो पारी पुगेर फर्केर फेरि उहीँ तिर हेरेको हात हल्लाउदै `बाइ´ भनी । म सरासर राइनो ब्याम्बो कटेज हुँदै आफ्नो रुम तर्फ लागे । रुममा पुग्नासाथ कपडा नफेरी थकाइले बिस्तारामा लम्पसार परेको म झुप्प पारेको निद्राले फड्को नमार्दै बिउझिए । पल्टिएर हातमा मोबाइल लिइ wi-fi खोली फेसबुक खोल्न थाल्या थे । त्यतिकैमा Sa Gun sent you a friend request लेखेको notification मेरो आँखा अघि पर्यो । फेसबुक नि खुल्यो , सुरुमै उसको request हेरे अनि उसैको प्रोफाइल खोली सब गतिविधी नियाली भ्याए । उस्को त्यो request तल भएको accept र delete मध्य कुन चाइ थिचुम भन्ने कुरामा मन दोधार थियो । उ मन पर्या थियो जुन एक आकर्षण मात्र पनि हुन सक्छ जो धेरै वर्गमा प्रचलित पनि थियो , देख्यो देख्ने बित्तिकै मन पर्यो , ओहो गर्यो बस । उसका शब्द उसका भाव सबै राखेकी थि म सामु तर म अजान म सोझो बुझिन भन्दा पनि बुझ्न खोजिन भनुम । उ म प्रेमसङ्ग प्रेम जाल बुन्ने तरखरमा थि तर मैले धेरै साथिहरुको यहि प्रेमले हरिगत निम्त्याएको पनि देखेको छु । प्रथम हुने मेरो साथी यहि मायाको जालमा नमज्जाले फसेर बोर्ड परिक्षामा विषयलागि म भन्दा एक स्तर तल गिरेको म कदापी भुल्न सक्दिन, त्यसमाथि उहीँ साथी यहि प्रेममा धोका खाएर भट्टि भट्टिमा धाइ , कुलतमा फसि बिगृदा कुरा काट्नेहरुको घुइचोलाइ कसरी बिर्सु म । मध्यम वर्गिय परिवारको छोरो म , यहाँ दुख गरि पढ्न आएको थिए , घरपरिवारको ठूलो आस थियो म माथी , म यसै अन्यत्र लाग्न सक्दिनथे । म सोझो अझै पनि सोझो नै रहनु थियो । सबैकुरा देखि अन्जान म यो सब कुरा खोजतलास गरि जान्न खोजिन । थाहा थियो उसङ्ग अझै म बोलिरहे भने मेरो सोझोपन मेटिएर जाने थियो पक्कै र म उसैमा लठ्ठित हुन्थे होला । अनगिन्ती उसका ती यादहरु अनि उसङ्ग क्षेणिक समयकोलागि अर्कै दुनियामा पुगेको सब निरर्थक पार्न विवस थिए म । उस्को त्यो एक अन्जान भेटलाइ एक मीठो अतीत भनी नामकरण गरि सबै मिठा याद अनि त्यो कठोर पल सबैको हत्या गरि मसानघाटमा लगि जलाइ रहेका ती यादका कन्काल नारायणी तिर देखि बगाउने अठोट लिदै , यो कोमलो मनलाइ पत्थर बनाइ delete दबाउन सफल भए । आस छ अब कतै उसङ्ग यो जुनिमा भेट नहोस र म सोझो हुनुको रहस्य कहि कतै खुलाउन नपरुस ।
कथा लेखाइ प्रति केहि सुझाब अनि प्रतिकृया दिन नभुल्नु हाेला ।
NOTE: याे एक काल्पनिक कथा हाे । कसैकाे जीबनसंग मेल खान गएमा संयाेग मात्र हुनेछ ।
(अर्काे नया कथा यहाहरू सामु छिट्टै प्रकाशित हुनेछ ।)
धन्यबाद ।