(प्रथम अंश)
इतिहासको पाना पल्टाइरहदा सोझोहरुको नामावलिमा अग्रस्थान हासिल गर्न म नै सफल हुन्छु होला जस्तो लाग्छ मलाइ । म त्यो स्तर सम्म सोझो रहेछु मलाइ पनि थाहा थिएन , त्यो दिन पत्ता लाग्यो जब म यात्रामा थिए , छोटो यात्रा ।
केही कामले भरतपुर , चितवन पुगेको म , आफ्नो सब कामको टुङ्गो लगाइ रामपुर , म हाल बस्ने ठाउ तर्फ जाने सवारिको खोजिमा थिए । यता उता हिडिराको बेला मेरो ध्यान `रामपुर , शारदानगर , हेल्थ पोस्ट , चनौली , मेघौलि ´ भन्दै चिच्चाइराको दाइ तर्फ पुग्यो । उहाँ नजिकै पुगे अनि सोधे , "दाइ यो गाडी रामपुर जान्छ हैन ? " " जान्छ भाइ जान्छा बसिहाल , अब गैहाल्नी हो " भन्नुभो अनि म गाडी तर्फ लागे । कस्तो खाल्को गाडी , सानो फुच्चे गाडी थियो जस्लाइ #magic पो भन्दो रैछ । यसो बस्नलाइ भित्र छिरेको सबै सिट प्याक देखे तर होइनछ अन्तिममा म अट्ने जति ठाउँ चाइ रैछ । लगभग १८ १९ वर्षकि , अन्तिम सिटको झ्याल नजिकै बसेकी युवतिले भनुम या केटिले मै तिर हेरेर भनी "यहाँ आउनुस सिट खाली छ ।" यति भन्दै छेउको मान्छेलाइ अलिक पर जान लगाइ र मेरो लागि ठाउँ खाली गरिदिइ ।

उ एकटक मै तिर हेरि राकी थि , म लाज लागे झै गरि मुसुक्क हास्दै उस्ले खाली गर्देको सिट तर्फ गएर थुचुक्क बसे । उसले बाहिर पट्टि हेरिरही । मैले उ तर्फ नजर लगाउदै नियालेर हेरे , लास्टै राम्री , जातिबिती राम्री । हो उलाइ देख्दा मलाइ बल्ल बिस्वास लाग्यो कि साच्ची नै भगवानले मान्छेको रचना गर्दा रैछन । यति राम्रो रचना प्रकिर्तिमा अन्त कतै छैन होला पक्कै , मनमनै सोचे । सिट सब प्याक भैसकेछ अनि गाडीले पनि बिस्तारै आफ्नो गति लिन थाल्यो । सरर चलेको हावाले उस्को सिर्लिक्कको सिल्कि मन्द खैरो केश मै तिर उडाएर ल्यायो र मेरो स्पर्श गर्यो । नौलो परिवेशमा रमाइराको म, उ तिरै बेला बेला कोर्के नजर लगाइरको थिए । उडिराको केशलाइ आफ्नो दायाँ हातले समाल्दै कान पछि सिउरिदै मै तिर हेरि , म भने उसैमा केन्दृत भाका नजरहरु एकाएक अर्कै दिशामा तर्काउन सफल भए । उस्का ती हेराइ बाट बच्न प्रयास गर्दा मुटु बेसरी धड्कियो अनि लामो सास फेर्न पुगे ।मनमा रमाइलो त्रास थियो कतै मैले हेरिराको त पत्ता लगाइन उ । ल अब त उस्ले पो मलाई टुलुटुलु हेरिरहि .................
कथा लेखाइ प्रति केहि सुझाब अनि प्रतिकृया दिन नभुल्नु हाेला ।
NOTE: याे एक काल्पनिक कथा हाे । कसैकाे जीबनसंग मेल खान गएमा संयाेग मात्र हुनेछ ।
(अर्काे अंश यहाहरू सामु छिट्टै प्रकाशित हुनेछ ।)
धनयबाद ।

No comments:
Post a Comment