Saturday, 29 September 2018

म सोझो (2)

                                     म सोझाे 
                                                (दाेस्राे अंश )


कस्ताे अर्कै महशुस पो भयो अनि बिस्तारै पुलुक्क उसैलाइ के हेर्या थे उ मुसुक्क हासी , रमाइलो लाग्यो अनि म नि हासिदिए । फेरि उसैलाइ नियालेर हेरे , केशलाइ सिरको बिचबाट छुट्टाकी थि , सानो सानो आखिभौ , पातलो , लामो अनि माथिल्तिर फर्केका परेला मुनि सेतो समुन्द्रमा समावेश उस्का काला नयन । मिलेको नाक , आखा अनि मेरो यो मनमा मुसुक्क हासेर आधीहुरि , भुकम्प सम्म ल्याउन सघाउने ती दुई अदर (ओठ) जुन हल्का रातो लिपस्टिकमा रोमलिएका थिए । गाेलाे गोरो वर्ण उसको अनि सबै मिलेको मुहार , केही कमि निकाल्न सकिन मैल । उ अझै पनि मलाइ नै हेरिराकी थि , पक्कै मैले जस्तै उ पनि मेरो बारे केइ कल्पिराकी होलि । हेर्दा हेर्दै नजर जुध्न पुग्यो , सब ध्यान उसै तर्फ थियो , वरिपरि के भैराछ केइ पत्तो थिएन । कसैले भन्या थियो नजरमा नि नशा हुन्छ , हो रैछ त्यो दिन था भयो , भुतुक्क भित्र भित्रै गलिसकेको थिए म , उसैकाे हेराइमा झुमिराको थिए म अनि सङ्गसङ्गै लट्ठित पनि भाकाे थिए। चाेक चाेेकमा भएका ती साउनीका भट्टी मेरा लागि निरर्थक थिए , कुनै अाैचित्य थिएन भट्टि हुनुकाे ।मलाइ काफि थिए त बस उसैका नजरहरू ।

मेरो मिठो ध्यान भङ्ग गर्न उसैको मुखबाट निस्किएका ती वाणिहरु 'छ्या नहेर्नुस न त्यसरी , लाज लाग्छ मलाइ ´ कदापी भुल्न सक्दिन होला म ।मेरो एकाग्रता भङ्ग हुदा पनि म रमाउदै नजर भुइ तिर लग्न पुगे । उसैले सोधी , `कहासम्म हजुर ?´ । `रामपुरसम्म अनि हजुर नि ´मैले भने । `तेहि शारदानगरसम्म म त , अनि के हजुर लाई एउटा कुरा भन्छु नरिसाउनुस है ´ उस्ले भनि । मनमा कहि कतै सन्कोच अनि के भन्नी पो हो मलाइ यो कौतुहलता जागेर सताइहाल्यो अनि सोझो पाराले उ तर्फ हेर्दै भने , 'भन्नुस न , हजुर सङ्ग किन रिसाउनी हो र ' । ल भन्छु है त भन्दा उस्को त्यो सेतो मुहार पुरै #रातो बनिसकेको थियो , उत्सुकतामा डर घुल्मुलिएक्को जस्तो । केही बेर मौन बसि उ अनि म पनि । फेरि उसैले म तिर हेर्दै भनी ,` हजुर कति राम्रो के , कति #cute , मलाइ त हजुर देख्दै मन पर्या थ्यो , यहाबाट हजुर यो गाडितर्फ आएको चिहाइराको थिए म । सम्योग भनुम कि मेरो भाग्य भनुम हजुर यहि गाडिमा आउनु भो अनि मेरै छेउमा बस्नु भो । म बयान गर्न सक्दिन कि म कति धेरै रमाइराकी छु , जिन्दगिमा पैलो पल्ट यति धेरै खुसी छु जस्तो लागिराछ , हजुर अन्जान हुनुहुन्छ तै पनि कैयौ जुनि हामी सङ्गै थियौ जस्तो लागिराछ । हजुरलाइ अचम्म लागिराको होला के भन्या छ यो केटिले भनि तर अन्यथा नसोच्नुस म अरु जस्तो होइन , म मेरो मनमा लागेको कुरा हजुरलाई भनिराछु । म आफैलाइ थाहा छैन के बोलिराछु , के गरिराछु तर जिन्दगिमा पैलो पटक हो कि यसरी कसैलाइ यस्तो भनिराछु ।´ बोल्दा बोल्दै उ भावुक हुन पुगि अनि मेरो हात #च्याप्प समाती ................................


कथा लेखाइ प्रति केहि सुझाब , सल्लाह अनि प्रतिकृया दिन नभुल्नु  हाेला ।


NOTE:  याे एक काल्पनिक कथा हाे । कसैकाे जीबनसंग मेल खान गएमा संयाेग मात्र हुनेछ । 


                            (अर्काे अंश यहाहरू सामु छिट्टै प्रकाशित हुनेछ ।) 

                                                     धनयबाद ।


Furthermore, you can listen this story in youtube as audio format .

Writer: Prem Kshetri

Speaker: Bharat Khatri 



Don't forget to like , comment , follow , share our posts and to subscribe our channel for regular update .


No comments:

Post a Comment