Saturday, 29 September 2018

म सोझो (2)

                                     म सोझाे 
                                                (दाेस्राे अंश )


कस्ताे अर्कै महशुस पो भयो अनि बिस्तारै पुलुक्क उसैलाइ के हेर्या थे उ मुसुक्क हासी , रमाइलो लाग्यो अनि म नि हासिदिए । फेरि उसैलाइ नियालेर हेरे , केशलाइ सिरको बिचबाट छुट्टाकी थि , सानो सानो आखिभौ , पातलो , लामो अनि माथिल्तिर फर्केका परेला मुनि सेतो समुन्द्रमा समावेश उस्का काला नयन । मिलेको नाक , आखा अनि मेरो यो मनमा मुसुक्क हासेर आधीहुरि , भुकम्प सम्म ल्याउन सघाउने ती दुई अदर (ओठ) जुन हल्का रातो लिपस्टिकमा रोमलिएका थिए । गाेलाे गोरो वर्ण उसको अनि सबै मिलेको मुहार , केही कमि निकाल्न सकिन मैल । उ अझै पनि मलाइ नै हेरिराकी थि , पक्कै मैले जस्तै उ पनि मेरो बारे केइ कल्पिराकी होलि । हेर्दा हेर्दै नजर जुध्न पुग्यो , सब ध्यान उसै तर्फ थियो , वरिपरि के भैराछ केइ पत्तो थिएन । कसैले भन्या थियो नजरमा नि नशा हुन्छ , हो रैछ त्यो दिन था भयो , भुतुक्क भित्र भित्रै गलिसकेको थिए म , उसैकाे हेराइमा झुमिराको थिए म अनि सङ्गसङ्गै लट्ठित पनि भाकाे थिए। चाेक चाेेकमा भएका ती साउनीका भट्टी मेरा लागि निरर्थक थिए , कुनै अाैचित्य थिएन भट्टि हुनुकाे ।मलाइ काफि थिए त बस उसैका नजरहरू ।

मेरो मिठो ध्यान भङ्ग गर्न उसैको मुखबाट निस्किएका ती वाणिहरु 'छ्या नहेर्नुस न त्यसरी , लाज लाग्छ मलाइ ´ कदापी भुल्न सक्दिन होला म ।मेरो एकाग्रता भङ्ग हुदा पनि म रमाउदै नजर भुइ तिर लग्न पुगे । उसैले सोधी , `कहासम्म हजुर ?´ । `रामपुरसम्म अनि हजुर नि ´मैले भने । `तेहि शारदानगरसम्म म त , अनि के हजुर लाई एउटा कुरा भन्छु नरिसाउनुस है ´ उस्ले भनि । मनमा कहि कतै सन्कोच अनि के भन्नी पो हो मलाइ यो कौतुहलता जागेर सताइहाल्यो अनि सोझो पाराले उ तर्फ हेर्दै भने , 'भन्नुस न , हजुर सङ्ग किन रिसाउनी हो र ' । ल भन्छु है त भन्दा उस्को त्यो सेतो मुहार पुरै #रातो बनिसकेको थियो , उत्सुकतामा डर घुल्मुलिएक्को जस्तो । केही बेर मौन बसि उ अनि म पनि । फेरि उसैले म तिर हेर्दै भनी ,` हजुर कति राम्रो के , कति #cute , मलाइ त हजुर देख्दै मन पर्या थ्यो , यहाबाट हजुर यो गाडितर्फ आएको चिहाइराको थिए म । सम्योग भनुम कि मेरो भाग्य भनुम हजुर यहि गाडिमा आउनु भो अनि मेरै छेउमा बस्नु भो । म बयान गर्न सक्दिन कि म कति धेरै रमाइराकी छु , जिन्दगिमा पैलो पल्ट यति धेरै खुसी छु जस्तो लागिराछ , हजुर अन्जान हुनुहुन्छ तै पनि कैयौ जुनि हामी सङ्गै थियौ जस्तो लागिराछ । हजुरलाइ अचम्म लागिराको होला के भन्या छ यो केटिले भनि तर अन्यथा नसोच्नुस म अरु जस्तो होइन , म मेरो मनमा लागेको कुरा हजुरलाई भनिराछु । म आफैलाइ थाहा छैन के बोलिराछु , के गरिराछु तर जिन्दगिमा पैलो पटक हो कि यसरी कसैलाइ यस्तो भनिराछु ।´ बोल्दा बोल्दै उ भावुक हुन पुगि अनि मेरो हात #च्याप्प समाती ................................


कथा लेखाइ प्रति केहि सुझाब , सल्लाह अनि प्रतिकृया दिन नभुल्नु  हाेला ।


NOTE:  याे एक काल्पनिक कथा हाे । कसैकाे जीबनसंग मेल खान गएमा संयाेग मात्र हुनेछ । 


                            (अर्काे अंश यहाहरू सामु छिट्टै प्रकाशित हुनेछ ।) 

                                                     धनयबाद ।


Furthermore, you can listen this story in youtube as audio format .

Writer: Prem Kshetri

Speaker: Bharat Khatri 



Don't forget to like , comment , follow , share our posts and to subscribe our channel for regular update .


Thursday, 27 September 2018

म सोझो

                                                 म सोझो 
                                                            (प्रथम अंश)


                     इतिहासको पाना पल्टाइरहदा सोझोहरुको नामावलिमा अग्रस्थान हासिल गर्न म नै सफल हुन्छु होला जस्तो लाग्छ मलाइ । म त्यो स्तर सम्म सोझो रहेछु मलाइ पनि थाहा थिएन , त्यो दिन पत्ता लाग्यो जब म यात्रामा थिए , छोटो यात्रा । 
                    केही कामले भरतपुर , चितवन पुगेको म , आफ्नो सब कामको टुङ्गो लगाइ रामपुर , म हाल बस्ने ठाउ तर्फ जाने सवारिको खोजिमा थिए । यता उता हिडिराको बेला मेरो ध्यान `रामपुर , शारदानगर , हेल्थ पोस्ट , चनौली , मेघौलि ´ भन्दै चिच्चाइराको दाइ तर्फ पुग्यो । उहाँ नजिकै पुगे अनि सोधे , "दाइ यो गाडी रामपुर जान्छ हैन ? "   " जान्छ भाइ जान्छा बसिहाल , अब गैहाल्नी हो " भन्नुभो अनि म गाडी तर्फ लागे । कस्तो खाल्को गाडी , सानो फुच्चे गाडी थियो जस्लाइ #magic पो भन्दो रैछ । यसो बस्नलाइ भित्र छिरेको सबै सिट प्याक देखे तर होइनछ अन्तिममा म अट्ने जति ठाउँ चाइ रैछ । लगभग १८ १९ वर्षकि , अन्तिम सिटको झ्याल नजिकै बसेकी युवतिले भनुम या केटिले मै तिर हेरेर भनी "यहाँ आउनुस सिट खाली छ ।" यति भन्दै छेउको मान्छेलाइ अलिक पर जान लगाइ र मेरो लागि ठाउँ खाली गरिदिइ । 

                       उ एकटक मै तिर हेरि राकी थि , म लाज लागे झै गरि मुसुक्क हास्दै उस्ले खाली गर्देको सिट तर्फ गएर थुचुक्क बसे । उसले बाहिर पट्टि हेरिरही । मैले उ तर्फ नजर लगाउदै नियालेर हेरे , लास्टै राम्री , जातिबिती राम्री । हो उलाइ देख्दा मलाइ बल्ल बिस्वास लाग्यो कि साच्ची नै भगवानले मान्छेको रचना गर्दा रैछन । यति राम्रो रचना प्रकिर्तिमा अन्त कतै छैन होला पक्कै , मनमनै सोचे । सिट सब प्याक भैसकेछ अनि गाडीले पनि बिस्तारै आफ्नो गति लिन थाल्यो । सरर चलेको हावाले उस्को सिर्लिक्कको सिल्कि मन्द खैरो केश मै तिर उडाएर ल्यायो र मेरो स्पर्श गर्यो । नौलो परिवेशमा रमाइराको म, उ तिरै बेला बेला कोर्के नजर लगाइरको थिए । उडिराको केशलाइ आफ्नो दायाँ हातले समाल्दै कान पछि सिउरिदै मै तिर हेरि , म भने उसैमा केन्दृत भाका नजरहरु एकाएक अर्कै दिशामा तर्काउन सफल भए । उस्का ती हेराइ बाट बच्न प्रयास गर्दा मुटु बेसरी धड्कियो अनि लामो सास फेर्न पुगे ।मनमा रमाइलो त्रास थियो कतै मैले हेरिराको त पत्ता लगाइन उ । ल अब त उस्ले पो मलाई टुलुटुलु हेरिरहि .................


कथा लेखाइ प्रति केहि सुझाब अनि प्रतिकृया दिन नभुल्नु  हाेला ।

NOTE:  याे एक काल्पनिक कथा हाे । कसैकाे जीबनसंग मेल खान गएमा संयाेग मात्र हुनेछ । 

                            (अर्काे अंश यहाहरू सामु छिट्टै प्रकाशित हुनेछ ।) 
                                                     धनयबाद ।


Furthermore you can listen this story in youtube as audio format .

Writer: Prem Kshetri

Speaker: Bharat Khatri 

Don't forget to like , comment , follow , share our posts and to subscribe our channel for regular update .